Aamsanchar

घाँस काट्न जाँदा लडेर पाँचथरमा एक महिलाको मृत्यु

Author Image
सोमवार, भदौ १७, २०८१

फिदिम-पाँचथरको फालेलुङ गाउँपालिका–५ लुदिनटारकी ५५ वर्षीय महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मनकुमार तामाङकी श्रीमती लक्षिमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

मृतकको शव जिल्ला अस्पताल ल्याएर सोमबार पोष्टमार्टम पछि आफन्तलाई बुझाइको प्रहरीले जनाएको छ । यसैबिच पाँचथरकै हिलिहाङ २ कावेली खोलामा एकजना पुरुषको बेवारिसे शव भेटिएको छ ।

सोमबार दिउसो भेटिएका पुरुष करिब ५५ वर्षका रहेको प्रहरीले जनाएको छ । शव कसको हो भन्ने खुल्न बाँकी रहेकाले पहिचान हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर