Aamsanchar

सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस बालेनले हटाएको होइन : सचिवालय

Author Image
मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको सचिवालयले बताएको छ।

मेयर शाहको प्रमुख स्वकीय सचिव भुपदेव शाहले सांसद शर्माको फोटोसहित राखेको स्टाटस फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको बताए।

उनले भने, ‘मेयरज्यूको उक्त स्ट्याटसमा फोटो थियो। उक्त फोटो फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको हो। फेसबुकले अध्ययन गरिरहेको छ। हामी रिकभर हुन्छ भन्नेमा आशावादी छौँ।’

मेयर शाहले आइतबार साँझ सांसद शर्माले बाल श्रमशोषण गरेको र उनलाई पक्राउ किन नगरेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै स्ट्याटस राखेका थिए।

सो स्ट्याटस अहिले मेयर शाहको फेसबुक पेजबाट हटेको छ।

उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना बालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने रु कि नसमाउने ?,’

मेयर बालेनले उक्त स्ट्याटस एक्समा पनि राखेका थिए। एक्समा भने स्ट्याटस यथावत नै छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर