Aamsanchar

फोहरका रूपमा फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Author Image
मङ्गलवार, भदौ १८, २०८१

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा सरसफाइ अभियानमा सक्रिय समूहले फोहरका रूपमा फालिएका बोतल बेचेर बालकल्याण प्राथमिक विद्यालय डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको अभियानकर्मीले बताएका छन् ।

बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले विद्यालयका ५० जनाभन्दा धेरै विद्यार्थीलाई कपी र कलम सहयोग गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर