Aamsanchar

भारतीय महिला भलिबल टिमकी कप्तानले मधेशबाट खेल्ने

Author Image
मङ्गलवार, भदौ १८, २०८१

काठमाण्डौ – भारतीय महिला भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) खेल्ने भएकी छन् ।

मधेशले आज आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा जिनीलाई अनुबन्ध गरेको हो । विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली मधेशले ईडब्लुभीएका लागि ३ विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोलीसमेत बनेको छ ।

मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । २८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेपछि मधेशको विदेशी कोटाको खेलाडी अनुबन्ध पूरा भएको छ । जिनीको कप्तानीमा भारतले केही समयअघि काठमाण्डौमा भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको थियो ।

जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण असोज १४ देखि १९ गतेसम्म काठमाण्डौमा हुनेछ । लिगमा ६ टोली सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर