Aamsanchar

नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो अभ्यास खेल रद्द

Author Image
मङ्गलवार, भदौ १८, २०८१

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो एकदिवसीय अभ्यास खेल रद्द भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको खेल टस पनि नभई रद्द भएको हो ।

नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको दोस्रो अभ्यास खेल भोलि र तेस्रो तथा अन्तिम अभ्यास खेल आउँदो शुक्रवार हुनेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो ।

लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर