Aamsanchar

सहकारी छानबिन विशेष समितिको म्याद थपियाे

Author Image
मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो ।

समितिका सभापति सूर्यबहादुर थापाले राखेको समितिको म्याद १५ दिन थप्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो । गएको जेठ १५ गते ७ सदस्यीय समिति गठन गरेको थियो । जेठ २३ गते पहिलो बैठक बसेको थियो । तीनमहिने म्याद आगामी भदौ २२ गते सकिन लागेकाले म्याद थप गरिएको हो ।

समिति सभापति थापाले जरैदेखि समस्याको पहिचान र समाधानको कोसिसका क्रममा छलफल र सोधपुछ गरिरहेको बताए । उनले तथ्यको पुष्टि र पुनर्पुष्टि गर्न म्याद नपुग्ने भएकाले म्याद थपको प्रस्ताव गरेको थिए ।उनले समितिको ५१ वटा बैठक बसेको र ५० जना आरोपितसँग सोधपुछ गरेको सदनलाई जानकारी पनि गराए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर