Aamsanchar

भैँसीको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मोरङमा एक जनाकाे मृ*त्यु

Author Image
मङ्गलवार, भदौ १८, २०८१

फायल तस्बिर

विराटनगर – भैँसीको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मोरङको सुन्दरहरैँचामा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–३ लोचनीका ३९ वर्षीय डिल्लीबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै भैँसी गोठ सफा गर्न मोटरबाट पानी लगाउने क्रममा विष्टलाई बिहान ५:३० बजेतिर करेन्ट लागेको थियो।

अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइपुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको बस्नेतले बताए। उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर