Aamsanchar

दहीझोडा हरियाली समूहको सामूहिक तीज मिलन कार्यक्रम सम्पन्न

Author Image
मङ्गलवार, भदौ १८, २०८१

अर्जुनधारा । विगतको वर्षहरूमा तीज पर्व घरपरिवार भित्रमा सीमित थियो, धेरै बाहिर सम्म गए टोल सम्म, टोलवासी बिच तीज मनाउने चलन थियो, पछिल्लो एक दशक यता तीज मनाउने प्रक्रिया परिवर्तन हुँदै आएको छ ।  आजभोली सिङ्गो वडा तथा जिल्लाबाट प्रतिनिधित्व हुनेगरिको उपस्थितिमा तिज मनाउने चलन रहेको पाइन्छ । यसै सन्दर्भलाई लिएर झापाको अर्जुनधारा नगरपालिका ४ स्थित दहीझोडा सामुदायिक वनको सभाहलमा आज दिदी बहिनीहरूले सामूहिक तिज मनाएका छन् ।

मनोरञ्जन, आपसी भेटघाट, सदभाव आदन प्रदान गर्ने उद्देश्यले अर्जुनधारा ४ मा रहेको दहीझोडा सामुदायिक वन समिति अन्तरगत गठित दहीझोडा हरियाली महिला बचत तथा ऋण परिचालन समूहले कार्यक्रम आयोजना गरेको हो ।

तीज मिलन कार्यक्रममा अर्जुनधारा ४ र ५ नम्बर वडा महिला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सामुदायिक वन समितिका अध्यक्ष टेकनाथ अधिकारीको अध्यक्षतामा आयोजित तिज मिलन कार्यक्रममा अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।
सीता देवी भट्टराईको संयोजकत्वमा आयोजना भएको तिज कार्यक्रमको आयोजक समितिमा सामुदायिक वन समितिका उपाध्यक्ष तुलाराम बस्नेत, कार्यवाहक सचिव सिताराम पराजुली, कोषाध्यक्ष सरिता राई रहेका थिए । त्यसैगरी व्यवस्थापनमा सहसंयोजक जीवनकला राई, सदस्यहरू रमा लम्साल, नर्वदा लम्साल, सरस्वती लम्साल, उर्मिला अधिकारी र कल्पना आङदेम्बे रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पराजुली, चन्द्रकला तामाङ र गुहेश्वरी कार्कीले शुभकामना मन्तव्य रहेका थिए ।
उपाध्यक्ष तुलाराम बस्नेतले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन उर्मिला पौडेलले गरेकी थिइन । दर सहितको तीज मिलन कार्यक्रममा ६० जना भन्दा धेरै महिला दिदी बहिनीहरूको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर