Aamsanchar

तुलसीपुरमा एकै ठाउँमा तीन वटा गौरवका योजना सुरु

Author Image
मङ्गलवार, भदौ १८, २०८१

तुलसीपुर –तुलसीपुर उपमहानगरपालिकामा एकै ठाउँमा एकै पटक तीन गौरवका योजना सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ मा रहेको औद्योगिक ग्रामस्थल क्षेत्रमा तीनवटा योजना सुरु भएका छन् ।

अत्याधुनिक वधशाला निर्माण, चिस्यान केन्द्र र औद्योगिक ग्राम सञ्चालनका योजनाको काम सुरु भएको छ । वधशाला निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकासहित चारवटा पालिकाको सहकार्य समन्वयमा काम सुरु हुन थालेको हो ।

तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाले संयुक्तरुपमा वधशाला निर्माणका लागि निर्णय गरेका छन् । तीन वटा गाउँपालिकालाई वधशालाका लागि आवश्यक पर्ने खसी, बाख्रा स्रोत केन्द्रका रूपमा विकास गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो ।

करिब ६५ करोडको लागतमा सम्पन्न हुने वधशालामा प्रारम्भिक चरणमा खसी वधशाला निर्माण गर्न थालिएको छ । २१ करोडको लागतमा खसी वधशाला निर्माण गरिने भएको हो । सोही क्षेत्रमा चिस्यान केन्द्र निर्माण गर्न थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाबाट माग भएपछि सङ्घीय सरकारले चिस्यान केन्द्र निर्माणका लागि बजेट व्यवस्थापन गरेको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

यस क्षेत्रमा चिस्यान केन्द्र नहुँदा उत्पादन भएको तरकारी कुहिने गरेको तरकारी खेती गर्दै आएका किसान खिमबहादुर घर्तीले बताउनुभयो । सोही क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि बजेट विनियोजन भई काम सुरु भएको छ । नगर प्रमुख टीकाराम खड्काले औद्योगिक ग्रामको चारैतिर तारबारको काम सुरु गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर