Aamsanchar

बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित

Author Image
बुधवार, भदौ १९, २०८१

भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गएको अगस्ट ९ तारिखमा कोलकाताको एउटा सरकारी अस्पतालमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी एक महिला डाक्टरको बलात्कार र हत्याको घटनापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनले यस्ता घटनामा कडा सजायको व्यवस्था गर्न सरकारलाई दबाब परेको थियो ।

पश्चिम बङ्गाल राज्य विधानसभाले पारित गरेको कानून राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी छ । भारतको फौजदारी संहिता देशभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ कानूनअनुसार बलात्कारको घटनामा पिडकलाई अहिले रहिआएको आजीवन जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)