Aamsanchar

पलेशालाई नगर परिक्रमा गराएर सम्मान

Author Image
बुधवार, भदौ १९, २०८१

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले पेरिस पारालिम्पिक्समा पदक जितेकी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराएको छ । पारालिम्पिक्समा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गरिएको हो ।

परिक्रमा एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिएको छ । पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । पलेशाले नेपालका लागि पहिलोपटक ओलम्पिकमा आधिकारिक पदक दिलाएकी हुन् ।

 

पारालिम्पिक्समा पलेशासहित पौडी खेलाडी भीमबहादुर कुमाल र तेक्वान्दोकै खेलाडी भरतसिंह महता सहभागी भएका थिए । पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको नेपाली पारा तेक्वान्दो टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर