Aamsanchar

नेपालले क्यानडामा त्रिदेशीय टी–२० श्रृङ्खला खेल्ने

Author Image
बुधवार, भदौ १९, २०८१

काठमाण्डौ – नेपालले क्यानडामा त्रिदेशीय टी–२० श्रृङ्खला खेल्ने भएको छ । क्यानडा क्रिकेटले आज खेलतालिका समेत सार्वजनिक गरेको छ । विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलापछि नेपाल, क्यानडा र ओमानले टी–२० श्रृङ्खला खेल्ने भएका हुन् ।

तालिका अनुसार भदौ ३१ देखि असोज १० सम्म एकदिवसीय श्रृङ्खला र असोज १२ देखि १७ गतेसम्म टी–२० श्रृङ्खला हुनेछ । टी–२० श्रृङ्खलाको पहिलो खेलमा असोज १२ मा नेपालले घरेलु टोलीसँग, दोस्रो खेलमा असोज १३ मा ओमानसँग, तेस्रो खेलमा असोज १५ मा क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ । क्यानडामा हुने खेल अघि अहिले नेपाली क्रिकेट टोली अभ्यासका लागि श्रीलङ्कामा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर