Aamsanchar

सुकेटार विमानस्थलमा उडान शुरू

Author Image
बुधवार, भदौ १९, २०८१

ताप्लेजुङ – प्रतिकूल मौसमका कारण तीन महिनादेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान शुरू भएको छ । नेपाल वायु सेवा निगमले आजदेखि सुकेटारमा पुनः उडान शुरू गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो ।

निगमले यसअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुन सकिरहेको थिएन । निगमले अहिलेलाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ । बर्खायाम शुरू भएपछि गएको जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । उडान शुरू भएपछि दशैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसममा यात्रु र पर्यटकलाई सहज हुने अपेक्षा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर