Aamsanchar

माेरङमा दुई छोरी मृत्युु प्रकरण : विष सेवन गराएर मारेकाे स्विकार गरिन् आमाले

Author Image
बुधवार, भदौ १९, २०८१

विराटनगर – दुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकार गरेकी छिन्।

आज जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैँले विष सेवन गराएर दुई छोरी मारेको स्वीकार गरेकी हुन्।

उनलाई घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको थियो। त्यसपछि अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थपेर अनुसन्धान शुरू गरिएको बताए।

प्रहरीका अनुसार अस्मिताले गत शुक्रवार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् तर दुवै छोरीको शव शनिवार दिउँसो मोरङको केराबारीमा फेला परेका थिए पनि अस्मिता भेटिएकी थिइनन्।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन्।

के थियो विवाद ?

उनीहरूले सुन्दरहरैँचामा नया घर बनाउँदै थिए। सोही घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो।

विवादपछि २ जना नाबालिका छोरी लिएर अस्मिता बेपत्ता भएकी थिइन्। प्रहरीले नाबालिकालाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ भने स्वयम् उनले पनि स्वीकार गरेकी छिन्।

दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ। अस्मिताले भनेअनुसार विष खुवाएको हो होइनन् परीक्षणका लागि रगत जाँच गराउन दिएको र प्रारम्भिक अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर