Aamsanchar

सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गर्ने पक्राउ

Author Image
बुधवार, भदौ १९, २०८१

काठमाडौं – सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरु पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताए ।आज १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो । पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोप ती युवकमाथि छ ।गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो । साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर