Aamsanchar

काठमाडौँबाट बेपत्ता युवतीको शव बागमती नदी किनारमा फेला

Author Image
बिहिवार, भदौ २०, २०८१

हेटौँडा-काठमाडौँबाट बेपत्ता भएकी एक युवतीको शव मकवानपुरको बागमती गाउँपालिका ९ बेतिनी गैरीजँगारस्थित बागमती नदी किनारमा फेला परेको छ ।

आइतबार काठमाडौँको बालकुमारीबाट बेपत्ता भएकी अञ्जली शर्माको शव मकवानपुरस्थित बागमती नदी किनारमा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

बुधवार दिउँसो शव फेला परेको इलाका प्रहरी कार्यालय फापर बारीमा जानकारी प्राप्त भएपछि गएको प्रहरी टोलीले बागमती नदी किनारामा सेतो÷निलो रङको जिन्स पाइन्ट र माथिको कपडा नरहेको शव दुर्गन्धित अवस्थामा रहेको पाइएपछि शव कसको हो भन्ने अनुसन्धान थालेको थियो ।

रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका १३ घर भई काठमाडौँ महानगरपालिका बालकुमारी डेरा गरी बस्ने दशरथकुमार शर्माले मृतक १९ वर्षीया अञ्जली आफ्नो छोरी भएको भन्दै बुधवार १७ः४० बजे सनाखत गरेको प्रहरीले जनाएको छ । अञ्जली यही आइतबार बेलुका आफ्नो डेरा कोठाबाट कोही कसैलाई कुनै किसिमको जानकारी नगराई हिँडेकी भन्ने निजको अभिभावक बुझिन आएको भन्दै प्रहरीले शव परीक्षणका लागि पाटन अस्पतालमा गएराति नै लगेको जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय फापरबारीबाट २२ किमि उत्तरमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर