Aamsanchar

उदयपुरमा रगतले लतपतिएको अवस्थामा आमा र छोराकाे शव फेला

Author Image
बिहिवार, भदौ २०, २०८१

उदयपुर – उदयपुरको कटारी नगरपालिका -१० सोरुङ्गछविसेका  आमा र छोरा बिहीबार बिहान शंकास्पद अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार अन्दाजी ४० वर्षीय निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएका हुन्।आफ्नै घरभित्र रगतले लतपतिएको अवस्थामा दुबैजनाको शव फेला परेकाले हत्या भएको दावी स्थानीयले गरेका छन् । नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय गीता गिरीका अनुसार बालकको घाँटीमा धारिलो हतियारले रेटेको जस्तो देखिएको छ भने महिलाको शव घोप्टो अवस्थामा छ ।

‘खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक लागेको देखिन्छ,´उनले भनिन्,‘आमा घोप्टो परेर सुतेको देखिएकाले कहाँ चोट लाग्यो भनेबारे प्रहरी आएपछि थाहा हुनेछ,तर अवस्था हेर्दा यो कसैले हत्या नै गरेको हो ।`

स्थानीयले दुबैजना मृत अवस्थामा फेला परेको देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरीको टोली घटनास्थल पुगिनसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी चापागाईले बताए ।
उनले भने,‘घटनाको प्रकृति प्रहरीले देखेको छैन्, सामान्य जानकारी आएकाले इप्रका कटारीबाट टोली खटाइएको छ,पुगेपछि अनुसान्धानले केहि निर्क्यौल गर्नेछ ।`

कार्यपालिका सदस्य गिरीका अनुसार मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । श्रीमान अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मला गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएको उनले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर