Aamsanchar

भारतीय प्रधानमन्त्री मोदीले अनावरण गरेको प्रतिमा ढलेपछि…..

Author Image
बिहिवार, भदौ २०, २०८१

काठमाडौं – भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ ।
भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट अग्लो प्रतिमा हावाका कारण ढलेर टुक्राटुक्रा भएको थियो । उक्त प्रतिमाको अनावरण प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३ को डिसेम्बर ४ मा गरेका थिए । आलोचकले प्रतिमाको गुणस्तर र प्रतिमा अनावरण गर्ने सरकारको हतारोमा प्रश्न उठाउँदै आएका थिए ।त्यसपछि प्रधानमन्त्री मोदी, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्धे, उपमुख्यमन्त्री अजित पवार लगायतले माफी मागेका थिए । यद्यपि विपक्षीले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका थिए ।
को हुन् छत्रपति शिवाजी महाराज ?
छत्रपति शिवाजी महाराज महाराष्ट्र राज्यको संस्थापक मानिन्छन् । उनले मुगल शासक र औरंगजेब विरुद्ध कयौं युद्ध जितेर मराठा साम्राज्य स्थापित गरेका थिए ।

उनको गुरिल्ला युद्ध शैली, सैन्य योजना र शक्तिशाली सेनाका सफलताका गाथा इतिहासमा पढ्न पाइन्छ ।

औरंगजेबले शिवाजीलाई धोका दिंदै कैद गरे पनि चतुर्‍याइँपूर्वक कैद मुक्त भएको र औरंगजेबका सेनाविरुद्ध लडेर २४ किल्ला फिर्ता लिन सफल भएको ऐतिहासिक कथाहरु छन् । उनका सफलताका कथामा फिल्महरु पनि बनेका छन् ।

१९ फेब्रुअरी सन् १६३० मा महाराष्ट्रको पुणे, दुर्ग शिवनेरीमा जन्मिएका उनको वास्तविक नाम भने शिवाजी राज भोसले थियो । पछि उनलाई छत्रपतिको उपाधि प्रदान गरिएको थियो । ३ अप्रिल १६८० मा उनको निधन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)