Aamsanchar

ताप्लेजुङमा ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने

Author Image
बिहिवार, भदौ २०, २०८१

ताप्लेजुङ-ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित जिल्लाकै एक मुख्य पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ ।

करिब चार हजार ३८० मिटर उचाइ रहेको तिम्बुङ पोखरी क्षेत्रमा भदौ २६ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो । तिम्बुङ पोखरी संरक्षण समितिले बिहीबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसार तथा प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सल्लाहकार कैलाश राईले जानकारी दिनुभयो । राईका अनुसार तिम्बुङ पोखरी ट्रेल रनलगायत विविध कार्यक्रम सञ्चालन गरिनेछ ।

छिमेकी देश भारतको सिक्किम र पाँचथर जिल्लासँग सिमाना जोडिएको तिम्बुङ पोखरी क्षेत्रमा प्रतियोगिता आयोजना गरिएको छ । तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिका सल्लाहकार राईले बताउनुभयो । पर्यटकलाई आकर्षित गर्ने मुख्य गन्तव्यका रुपमा रहेको तिम्बुङ पोखरीसहित दर्जनौं साना ठूला पोखरी छन् ।

यसैगरी यस क्षेत्रमा पाइने केञ्जो फूल ९पदमचाल० लगायतका बहुमूल्य जडीबुटी तथा वनस्पति, डाँफे, मयूरलगायतका चराचुरुङ्गी पनि पर्यटकलाई आकर्षित वस्तु तथा सौन्दर्य पर्दछन् । त्यस्तै, दुर्लभ रेडपान्डा, याक तथा चौंरीगोठ, भेडीगोठ र हरियाली तथा फराकिलो घाँसे मैदानसहित यहाँको भू–बनावटले पर्यटकलाई लोभ्याउने गरेको छ ।

हालसम्मको आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई बढाउने लक्ष्य पनि कार्यक्रमको रहेको आयोजकको भनाइ छ । तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपियाँ, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने पनि समितिका सल्लाहकार राईले बताउनुभयो ।

तिम्बुङ पोखरी क्षेत्रको भ्रमणका लागि भदौदेखि कात्तिक दोस्रो सातासम्मको अवधिलाई उपयुक्त मानिन्छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर