Aamsanchar

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

Author Image
शुक्रवार, भदौ २१, २०८१

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।

बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो । सीईओ छनोट समितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिं महतोको नाम सिफारिस गरेको थियो ।

जोशी यसअघि २०१५ देखि २०२० सम्म पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बनिसकेका व्यक्ति हुन् । गत जनवरी २८ मै धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर