Aamsanchar

एन्फा महिला लिगमा आज पनि दुई खेल

Author Image
शुक्रवार, भदौ २१, २०८१

काठमाडौं – एन्फा महिला लिग फुटबलमा शुक्रबार पनि दुईवटा खेल हुँदैछ। दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा संकटा एफसी र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

अपराह्न सवा ४ बजे नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका छ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

यसअघि बिहीबार सम्पन्न खेलमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशविरुद्ध ४-० गोलको फराकिलो जित निकालेको थियो। त्यसैगरी कोशी प्रदेशले बागमती युवा क्लबविरुद्ध २-१ को जित हासिल गरेको थियो । महिला लिग फुटबलमा दोस्रो चरणका खेल जारी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर