Aamsanchar

नेपाल श्रीलङ्का डेभ्लपमेन्टसँगको अभ्यास खेलमा पराजित

Author Image
शुक्रवार, भदौ २१, २०८१

काठमाण्डौ – नेपाल श्रीलङ्का डेभ्लपमेन्टसँगको अभ्यास खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको श्रीलङ्का २६ ओभर पाँच बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । श्रीलङ्काका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए । नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए । यस्तै कुशल मल्ल ३५, अनिलकुमार साह ३५ र करण केसी १५ रन बनाए । श्रीलङ्काका गरुका सङ्केथले सर्वाधिक चार विकेट लिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो तथा दोस्रो अभ्यास खेल वर्षाका कारण टस पनि नभई रद्द भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो । लिग–२ मा नेपालले यही सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर