Aamsanchar

मेयर बालेन शाहको फेसबुक स्टाटस फिर्ता

Author Image
शुक्रवार, भदौ २१, २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाटस फिर्ता भएको छ । बालेनले आफूहरूको अनुरोध गरेपछि फेसबुकले पोस्ट फिर्ता गरेको बताएका छन् ।

आफ्नो स्टाटस फेसबुकले फिर्ता गरेको प्रमाणस्वरूप बालेनले कमेन्ट बक्समा एउटा स्क्रिनसट राखेका छन् । जहाँ  आफूहरूले पोस्टलाई फेरि रिभ्यू गरेको र कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको नदेखिएको बताएको छ ।गत मंगलबार (भदौ १८ गते) अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका थिए । त्यसपछि बालेनका समर्थकहरूले प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका थिए ।

गत आइतबार (भदौ १६ गते) मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

त्यसपछि एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।

मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर