Aamsanchar

एन्फा महिला लिग फुटबलमा आज विभागीय डर्बी भिडन्त

Author Image
शनिवार, भदौ २२, २०८१

काठमाडौं – एन्फा महिला लिग फुटबलमा आज विभागीय डर्बी भिडन्त हुने भएको छ। एन्फा कम्प्लेक्स सातदोबोटोमा हुने खेलमा विभागीय क्लब एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। खेल दिउँसो १ बजे सुरु हुनेछ।

यसअघि हिजो भएको खेलमा अर्को विभागीय क्लब पुलिसले सुदूरपश्चिम प्रदेशविरुद्ध शानदार जित निकालेको थियो। निरु थापा र दीपा न्यौपानेको ह्याट्रिकमा पुलिस क्लबले सुदूरपश्चिमविरुद्ध ९–० गोलको जित निकालेको थियो। पुलिसको जितमा पुजा राना, अनुश्का शेर्पा र गिमकुमारी गुरुङले एक–एक गोल थपे। हिजै भएको पहिलो खेलमा भने संकटा क्लब र चन्द्रपुर नगरपालिकाको महिला टोली गोलरहित बराबरीमा रोकिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर