Aamsanchar

भोटाहिटी पुर्‍याइयो इन्द्रजात्राको लिङ्गो

Author Image
शनिवार, भदौ २२, २०८१

काठमाण्डौ – इन्द्रजात्राको लागि काठमाण्डौको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज लिङ्गोलाई भोटाहीटी पुर्‍याइएको छ । काभ्रेको नाला जङ्गलबाट ल्याएको रुखलाई नालाछाप, फैढोका, च्याम्हसिंह, जगाती, सूर्यविनायक चोक, सल्लाघारी, थिमिको शङ्खधर चोक, काठमाण्डौको कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली हुँदै हिजो बेलुकी ९ बजे भोटाहिटी पुर्‍याइएको हो ।

इन्द्रध्वजका लागि रुख लिनको लागि राज्यको प्रतिनिधि स्वरुप राजखड्ग, गुठी संस्थानका प्रतिनिधि , पुजारी र गुर्जुपल्टन सहित केन्द्रीय मानन्धर सङ्घका पदाधिकारीहरु बिहिवार वन प्रस्थान गरेको हो । लिङ्गो सम्बन्धित सम्पूर्ण व्यवस्थापन केन्द्रीय मानन्धर सङ्घले गर्ने गर्दछ ।

आउँदो २६ गते बुधवार इन्द्रध्वजलाई नगर प्रस्थान गरेर ३० गते आइतवार विहान ८ बजेर २६ मिनेटको साइतमा बसन्तपुरमा इन्द्रध्वज ठड्याएपछि यसवर्षको इन्द्रजात्रा विधिवत रुपमा शुरु हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर