Aamsanchar

धरमपुरबाट माछा मार्न गएका दुई जना राप्ती नदीमा बेपत्ता

Author Image
शनिवार, भदौ २२, २०८१

काठमाडौं – चितवनको पश्चिम क्षेत्रस्थित राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो भरतपुर–२७ धरमपुरबाट माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन्।

उनीहरूसँगै गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। प्रहरीले हिजो साझ पाँच बजेदेखि नै खोजी सुरु गरे पनि भेटाएको थिएन। आज फेरि खोजीकार्य भइरहेको केसीले बताए।

स्थानीयले पनि मेघोली क्षेत्रतर्फ खोजी गरिरहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उनीहरू बेपत्ता भएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर