Aamsanchar

भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ को सफलतापूर्वक प्रक्षेपण

Author Image
शनिवार, भदौ २२, २०८१

भारतले ब्यालेस्टिक मिसाइल अग्नि–४ को सफलतापूर्वक प्रक्षेपण गरेको छ । मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ हिजो ओडिशाको चण्डीपुरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको रक्षा मन्त्रालयले जनाएको छ । यो प्रक्षेपणले परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अग्नि–४ मिसाइलको दायरा चार हजार किलोमिटर भन्दा धेरै रहेको रक्षा अधिकारीलाई उद्धृत गरी एनडीटीभीले जनाएको छ । अग्नि–४ को सफल परीक्षण भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ । यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको एउटा हिस्सा हो ।

भारतले यसैवर्ष गएको अप्रिल चार तारिखमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट एक हजारदेखि दुई हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको अग्नि–प्राइम ब्यालेस्टिक मिसाइल पनि सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर