Aamsanchar

मेची राजमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

Author Image
शनिवार, भदौ २२, २०८१

प्रतिकात्मक तस्बिर

फिदिम- मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका २ लालीखर्कमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

शनिबार मध्याह्न १२ बजे लालिखर्कदेखि फिदिमतर्फ आउँदै गरेका मे ८ प ७९०४ नम्बरको मोटरसाइकलमा सवार भारतको जोगबनी घर भई फिदिम २ स्थित कृष्ण मैनालीको ट्याक्टर ग्यारेजमा कार्यरत मोहम्मद इस्ताफ हुसेन गम्भीर घाइते हुनुभएको हो ।

उहाँलाई प्रदेश ०१–००१ ख ४३३४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते हुसेनको अवस्था गम्भीर देखिएकाले पाँचथरबाट झापाका लागि रेफर गर्नुका साथै ट्रक चालक पाँचथरको हिलिहाङ २ काबेली घर भएका तिलक भण्डारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको पाँचथरका प्रहरी प्रमुख ९डिएसपी० हेमन्त भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर