Aamsanchar

एन्फा महिला फुटबल : आजदेखि तेस्रो चरणका खेल

Author Image
आइतवार, भदौ २३, २०८१

काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन् ।

यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । कोशी यसअघिका दुवै खेल जित्दै छ अङ्कका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा बागमती युथ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् । पुलिस क्लब चार अङ्कसहित दोस्रो स्थानमा र बागमती युथ क्लब तीन अङ्कसहित चौथो स्थानमा छ । एन्फा महिला फुटबल लिगमा १० वटा टोली सहभागि छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर