Aamsanchar

एसपी रमेश थापा सम्मानित

Author Image
आइतवार, भदौ २३, २०८१

उदयपुर – प्रहरी उपरीक्षक (एसपी) रमेश थापा सम्मानित भएका छन् । १७ औँ राष्ट्रिय पुस्तकालय दिवस र २१ औँ संगम सामुदायिक पुस्तकालयको साधारणसभाको अवसरमा थापालाई उदयपुरको सदरमुकाम गाईघाटमा सम्मान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुर,गोरखा र कास्की रहँदा थापाले कार्यालय परिसरमा पुस्तकालय स्थापना गरेर समाजका बौद्धिकधारलाई एक ठाउँमा उभ्याउन सफल भएको भन्दै पुस्तकालयले सम्मान गरेको हो ।

२०८० भदौ २५ गते उदयपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थापाले २०८१ साउन ८ गते विदाइ हुनुअघि ११ महिनाको अवधिमा पुस्तकालय भवन निर्माण गरी ईलाव्रेरीसहितको पुस्तकालय स्थापना गरेका थिए ।

थापालाई ‘काठमाण्डौं स्कुल अफ लु का कार्यकारी निर्देशक प्राध्यापक डाक्टर युवराज संग्रौलाले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । त्यस अवसरमा पुस्तकालयका अध्यक्ष तथा मानवअधिकारकर्मी भरत खड्काले थापालाई पुस्तकालयको मानार्थ सदस्य प्रदान गरेका थिए भने सल्लाहकार महेन्द्र राईले नेपाली टोपी र खादा लगाई दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै एसपी थापाले आफू प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सबै जिल्लामा पुस्तकालय स्थापना गरेर बौद्धिक छलफलहरू अघि बढाएको बताए । उनले भने,‘प्रहरीभित्र पठन संस्कृतिको विकास, कानुनी ज्ञान, जिम्मेवारी सम्पादन, प्रहरीबाट प्रवाह हुने सेवा कानुन सम्वत भए नभएको र जनताले न्याय पाए नपाएको भन्ने कुराको विकास गराउनका लागि पुस्तकालयले सहयोग पुग्ने छ ।`

‘पुस्तकालयले समाजलाई सहि सूचना दिलाउन, सामूहिक धारणा बनाउन, सचेतना फैलाउन मद्दत पुग्छ,` एसपी थापाले भने, ‘किताबी ज्ञान नहुँदा कतिपय हाम्रा न्याय सम्पादन सोचजस्तो नभएको हुनसक्छ, समाजले सहिबाटो नसमाउन सक्छ तसर्थ यी सबैकुरालाई समेटन पुस्तकालयले सहयोग पुग्नेछ ।`

थापाले प्रहरी परिसरको पुस्तकालय मात्र नभई अन्य क्षेत्रमा रहेका पुस्तकालयलाई पनि संरक्षण गर्दै सामूहिक भाव, चिन्तन र बौद्धिक वर्गको छलफलको विकासको चौतारा बनाउन जरुरी रहेको बताए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर