Aamsanchar

विराटनगरमा करेन्ट लागेर मिल सञ्चालककाे मृ*त्यु

Author Image
आइतवार, भदौ २३, २०८१

विराटनगर – विराटनगर महानगरपालिका–४ स्थित एउटा मिलमा शनिबार साँझ करेन्ट लागेर मिल सञ्चालकको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले विराटनगर–४ इक्राहीका ५२ वर्षीय अवधनारायण मोदीको मृत्यु भएको जानकारी दिए ।

मोदीलाई आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा फेला पारिएको उनको भनाइ छ । धान कुट्न गएकाहरूले मिलमै लडिरहेको देखेर साँझ ६:४५ बजेतिर परिवारका सदस्यलाई खबर गरेका थिए । गम्भीर घाइते अवस्थाका मोदीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । डीएसपी बस्नेतका अनुसार मिलको बल्ब परिवर्तन गर्ने क्रममा मोदीलाई करेन्ट लागेको पाइएको छ । घटनाको अनुसन्धान सुरू गरिएको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर