Aamsanchar

साइकलमा चढेर विद्यालय आउँदै गरेकी बालिकाको टयाक्टरले ठक्कर दिँदा मृ*त्यु

Author Image
आइतवार, भदौ २३, २०८१

महोत्तरी – गौशालाको ईटाटारमा दुर्घटनामा परि एक छात्राको मृत्यु भएको छ । आइतबार गौशाला नगरपालिका -३ ईटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको ९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको हो ।बालिका स्थानीय जनता आधारभुत विद्यालय ईटाटारमा कक्षा ३ अध्ययनरत थिइन् । आइतबार बिहान साइकलमा चढेर विद्यालय आउँदै गर्दा बालिकाको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु साहले बताए ।

टयाक्टर चालक फरार रहेको र शवको पोस्टमार्टमको लागि पठाउने तयारी भइरहेको छ । घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर