Aamsanchar

दमक गौहत्यामा संलग्न श्रेष्ठ,विष्ट, थापा र दुलाल सार्वजनिक

Author Image
आइतवार, भदौ २३, २०८१

दमक । झापाको दमकमा केही दिन अगाडि गर्भिणी गाईको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलासहित चार जनालाई सार्वजनिक गरेको छ ।

भदौ १८ गते रातको समयमा दमक–१ स्थित पानी ट्याङ्की गोठमा बाँधी राखेको २ महिनाको गर्भिणी समेत रहेको गाईलाई खुल्ला चौरमा लगेर हत्या गरिएको थियो ।

गोठमा बाँधेको गाईलाई खाली प्लटिङ जग्गामा खुट्टा करङ तथा घाँटीको मासु काटेर लगिएको र शरीरको अन्य भाग मात्र घटना स्थलमा छाडिएको थियो। यस घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रवार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा दमक–२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने वर्ष ४४ को प्रेम बहादुर विष्ट, क्याम्प नं. ३ छाप्रो नम्बर A3–२०८ बस्ने बस्ने वर्ष ३८ को खगेन्द्र दुलाल, क्याम्प नं. ३ छाप्रो नम्बर A2– १२० बस्ने बस्ने वर्ष ३२ को बिधान थापा र दमक–४ बस्ने वर्ष ४५ की गीता श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ बाहेक अन्य तीन जना युवाहरू भुटानी शरणार्थी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका विष्ट उपर यसअघि पनि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा कारबाही भएको छ । त्यस्तै दुलालउपर जबरजस्ती करणी र पशुपंक्षी सम्बन्धी कसुर कारबाही भएको थियो ।

अर्का भुटानी शरणार्थी थापा उपर विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाही भएको पाइएको छ ।

घटनामा प्रयोग भएको खुकुरी, बन्चरो र मासु बोक्न प्रयोग गरेको झोला ।
घटनामा प्रयोग भएको खुकुरी, बन्चरो र मासु बोक्न प्रयोग गरेको झोला समेत उनीहरूको कोठाबाट बरामद गरिएको डिएसपी चन्दले बताए ।

पक्राउ परेका व्यक्तिहरूउपर पशुपंक्षी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

के छ कानुनी व्यवस्था ?

राष्ट्रिय जनावर गाईको हत्या गर्नेलाई कानुनले तीन वर्षसम्म कैदको सजाय तोकेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा यससम्बन्धी व्यवस्था छ ।

कसैले गाई वा गोरु मारेको अदालतबाट ठहर भएमा उनीहरूलाई तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर