Aamsanchar

बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता माझीकाे शव फेला

Author Image
मङ्गलवार, भदौ २५, २०८१

मकवानपुर – बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव मंगलबार बिहान फेला परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोलाको बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका निम्ति बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर