Aamsanchar

बिर्तामोडमा दशैँ-तिहार जुत्ता चप्पल मेला सुरु 

Author Image
मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ ।

गत वर्ष आयोजना गरेको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यस बर्षपनि मेला आयोजना गरेको हो ।
मेलाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँले उद्‌घाटन गरेकी छन् ।

मेला उद्‌घाटन गर्दै मेयर प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरिन ।

बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक ुनेपाली जुत्ता घर रहेको छ ।

‘नेपाली उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल छन् ।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्ट्स सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् ।

एक महिनासम्म  सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गतवर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज पनि घट्याे शेयर बजार
मङ्गलवार, भदौ २५, २०८१
सुनको भाउ आज
मङ्गलवार, भदौ २५, २०८१