Aamsanchar

अनशनस्थलबाटै पक्राउ परे कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की, अवस्था तनावग्रस्त

Author Image
मङ्गलवार, भदौ २५, २०८१

विराटनगर – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको छ। सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको थियो।

झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)