Aamsanchar

शैक्षिक सुधारका लागि विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम प्रभावकारी बन्दै

Author Image
बुधवार, भदौ २६, २०८१

लहान –सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि विद्यार्थीहरुको चाहना बुझ्न लहान सिटी जेसिसको आयोजनामा सुरु भएको विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम प्रभावकारी हुँदै गएको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

शिक्षा संयोजकसमेत रहनुभएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यार्थीसँग नगरप्रमुख कार्यक्रमबाट विद्यार्थीको चाहना बुझेर थप सुधारको कार्यक्रमहरु ल्याउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बजेटको प्राथमिकतनामा शिक्षालाई राखेर गरेको लगानीको प्रतिफल बुझ्न सामाजिक कार्यमा लागेका लहान सिटी जेसिसको पहलमा लहान –१९ मा रहेको श्री जनता माध्यमिक विद्यालय सोनमति गढा र लहान–१२ मा रहेको श्री जनता माध्यमिक विद्यालय पडरियामा समपन्न दुई कार्यक्रमबाट निकै उत्साहित भएका छौं । लगानी लगाएर मात्रै हुँदैन, निगरानी पनि आवश्यक छ ।’’

लहान नगरपािलिकामा रहेका ५९ वटा सामुदायिक विद्यालयहरुमा २००५ सालमा स्थापना भएका शैक्षिक इतिहास कायम गरेका लहान–७ स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालय र लहान–१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय जस्ता गौरव गर्ने विद्यालयहरुको शैक्षिक साख गिर्दैजानु चिन्ताको विषय भएको नगरप्रमुख चौधरीले भन्दै यी दुई विद्यालयहरुको पुरानो विरासत फिर्ता गर्न लागिपरेको विश्वास दिलाउनुभयो ।

सिराहा जिल्लमा नै अति सम्पन्न पशुपति आदर्श माध्यमिक विद्यालयको मासिक तनि लाखभन्दा बढी आम्दानी भए पनि हरहिसाब गञ्जागोल रहेको गुनासो आएपछि त्यसलाई सहि ट्रयाकमा ल्याउन समेत नगरप्रमुख चौधरीबाट थालिएको प्रयास सराहनाीय रहेका स्थानीय अभिभावकहरुले बताइएका छन् ।

लहान नगरपालिका शिक्षा शाखाले २०८०र८१ म ६ करोड र चालु आर्थिक वर्षमा आठ करोड विनियोजन गरेर एक कक्षा एक शिक्षक,एक विद्यालय एक कम्प्युटर ल्याब हरेक विद्यालयमा पर्खाल निर्माण, शिक्षकहरुलाई प्रेरित गर्न शैक्षिक भ्रमणलगायतका कार्यक्रमले लहान नगरपालिकाले शिक्षा क्षेत्रमा दिलै खोलेर लगानी गरेको श्री जनता माध्यमिक विद्यालय सोनमती मझौराका प्रधाननाध्यापक अरिवन्द दासले बताउनुभयो ।

उहाँले हाम्रै विद्यालयबाट सुरु भएको विद्यार्थीसँग नगरप्रमुख कार्यक्रमममा विद्यार्थीहरुले राखेका समस्याहरु आफैं नगरप्रमुख चौधरीले टिपोट गरेर देखिएको समस्या समाधान गर्ने बताउनुभयो । यो कार्यक्रमबाट विद्यालयका शिक्षकहरुका कमिकमजोरी पत्ता लागेकोले सुधारका लागि विद्यालयलाई पनि सहयोग मिलेको छ ।

लहान सिटी जेसिसका अध्यक्ष उमेशकुमार यादवले विधार्थीसँग नगरप्रमुख कार्यक्रम विद्यालयको शैक्षिक सुधारका लागि लहान नगरपालिकाको १६ वटै माध्यमिक विद्यालयहरुमा सञ्चालन गरेर लागूऔषध जस्ता कुलतमा लाग्ने कक्षा ९ र १० का विद्यार्थीलाई सुधार गर्न यो कार्यक्रम लयाएको प्रष्टयाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)