Aamsanchar

मेचीनगरबाट साढे ८ लाख रुपैयाँ बराबरको कपडा बरामद

Author Image
बुधवार, भदौ २६, २०८१

झापा – सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अन्दाजी साढे ८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको टोलीले मेचीनगर नगरपालिका–६ तुर्केनी सीमा इलाकाबाट गएराति ११ बजेको समयमा ८ लाख ४६ हजार ८ सय ५० बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए ।

उनका अनुसार भारतबाट अवैध रुपमा भन्सार छलेर कपडा नेपाल भित्र्याउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्रको टोलीले टिनले छाएको कच्ची गोदाममा लुकाइछिपाई राखेको अवस्थामा उक्त कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको डीएसपी पोखरेलको भनाइ छ । सशस्त्रले चालु आर्थिक वर्षको साउनदेखि भदौ २५ गते सम्ममा २ करोड ४३ लाख ६६ हजार ४१ रुपैयाँ बराबरको अवैध समान बरामद गरिसकेको जनाइको छ । साउनमा १ करोड २९ लाख २६ हजार ४३ रुपैयाँ र भदौ २६ गते सम्ममा १ करोड १४ लाख ३९ हजार ९ सय ९८ रुपैयाँ बराबरको समान बरामद गरिएको डीएसपी पोखरेलले बताए ।

विशेष सूचनाको आधारमा र नियमित चेकजाँचको क्रममा सो मुल्य बराबरको सामान बरामद गरिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर