Aamsanchar

मोरङमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृ*त्यु

Author Image
बुधवार, भदौ २६, २०८१

विराटनगर – मोरङमा बुधबार करेन्ट लागेर भारतीय वृद्ध दम्पतीको मृत्यु भएको छ । बिहान ११ : ५० बजेतिर बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले करेन्ट लागेर भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको जानकारी दिए ।

विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । भारतीय वृद्ध दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ प्रवीण खड्का नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेको छ । शव अहिले घटनास्थलमै छ । डीएसपी बस्नेतले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाउन घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा टोली परिचालन गरिएको बताए ।

शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान अघि बढाइने उनको भनाइ छ । घटनास्थलमा भेला भएका स्थानीय ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर