Aamsanchar

चार करोड रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा

Author Image
बुधवार, भदौ २६, २०८१

काठमाण्डौ – पर्साको वीरगञ्जबाट प्रहरीले झन्डै चार करोड रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–२५ मा लु १ ख ७५३२ नम्बर र ना ३ ख ५४९ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ती ट्रकमा काठमाण्डौ लैजाँदै गरेको बीलबीजकभन्दा धेरैको तीन करोड ९३ लाख ८८ हजार ६ सय रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्री रहेका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)