Aamsanchar

पूर्वराजा र राप्रपा अध्यक्ष लिङदेनबिच झापामा भेटवार्ता

Author Image
बुधवार, भदौ २६, २०८१

झापा – पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच झापामा भेटवार्ता भएको छ । केही दिनअघि झापा पुगेका पूर्वराजा शाहलाई भेट्न बुधबार राप्रपा अध्यक्ष लिङ्देन दमकस्थित हिमालयन चिया बगानमा पुगेका हुन् । लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष लिङ्देन निकट स्रोतले भेटवार्ता भएपनि छलफलको विषयमा विस्तृतमा खुलाउन चाहेन ।

अध्यक्ष लिङ्देनले सोमबार विराटनगरमा र मंगलबार विर्तामोडमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार पूर्वराजालाई भेट्न पुगेका थिए ।

कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको, संविधान संशोधनको विषय उठ्न थालेको र देशमा आन्दोलनको माहौल बन्दै गएको सन्दर्भमा राजसंस्था पुनःस्थापनाको एजेण्डालाई निरन्तर उठाउँदै आएको दल राप्रपाका अध्यक्ष र पूर्व राजाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राप्रपाले राजसंस्था पुनःस्थापनाका अलावा हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छ । यस्तै सो पार्टीले विभिन्न ४० बुँदे माग राखेर आन्दोलनको कार्यक्रम समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर