Aamsanchar

बिर्तामोडको चालु आर्थिक बर्षको बजेट एक अर्ब ३९ करोड ९६ लाख

Author Image
बुधवार, भदौ २६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चालु वर्षको नीति, कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरेको छ ।
नगरपालिकाले आज (बुधबार) आफ्नै कार्यपालिका सभाहलमा पुस्तक सार्वजनिक गरिएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा रातो किताब सार्वजनिक गरेका हुन् ।
बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब ३९ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट निर्धारण गरेको थियो ।

पुस्तिका सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रसाईंले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा भोलिबाटै काम सुरु गर्ने र त्यसका लागि पालिका संयन्त्र सबै जनप्रतिनिधि कर्मचारीहरूलाई पक्षले दत्तचित्त बनेर काम गर्नु पर्ने धारणा राखेकी छन् ।

उनले भनिन्, ‘पुस्तकमा सबैकुरा समावेश भएपछि कार्यान्वयन गर्न सहज हुन्छ ।’

सोही बजेटको विस्तृत विवरण, नीति तथा कार्यक्रमबारे विस्तारमा उक्त पुस्तकमा समेटिएको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।

समानीकरण अनुदान। राजश्व बाँडफाँड सङ्घीय श्रोत मार्फत यस आर्थिक वर्षमा १ सय ७ वटा नगरस्तरीय योजनाहरू रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर