Aamsanchar

इङल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

Author Image
बिहिवार, भदौ २७, २०८१


काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुदै १५१ रन मात्र बनाएको थियो ।

इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्बाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २–२ विकेट लिएका थिए ।

यस अघिपहिला ब्याटिंग गरेको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१, जोश इंगलिसले ३७ रन बनाएका थिए ।

त्यसै गरि इङल्याण्डका बलर लियाम लिभिङस्टोनले सर्बाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २–२ विकेट लिएका थिए ।

यो जितपछि ३ खेलमा टी– २० सिरिजमा अस्ट्रेलिया १–० ले अगाडी भएको छ । अब दोस्रो खेल शुक्रबार हुने तालिका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर