Aamsanchar

मकवानपुरमा ६१० वटा उद्योग बन्द

Author Image
बिहिवार, भदौ २७, २०८१

बागमती : आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६१० वटा उद्योग बन्द भएका छन्।

मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो।

आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए।

मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ। सो आवमा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ गरी ७०१ नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए। आव २०७९/८९ मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० गरी एक हजार ९ उद्योग व्यापार दर्ता भएका थिए।

आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार १०८ वटा नवीकरण, ४९८ वटाको पुँजी वृद्धि गरिएको थियो।

सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार ४२२ वटा उद्योगको नवीकरण भएको छ।

नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा तीन करोड २२ लाख ४९ हजार ९१० राजस्व संकलन भएको प्रमुख भुसालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर