Aamsanchar

सातौं तलाबाट खसेर भारतीय नायिका मलाइकाका बुवाको मृत्यु

Author Image
बिहिवार, भदौ २७, २०८१

नयाँ दिल्ली – अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको बुधबार मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ। अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे।

अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान पहिलो स्थानमा पुगेका थिए।

क्राइम ब्रान्चका डीसीपी राज तिलक रोशनले बान्द्रामा बस्ने अनिल अरोराको मृत्यु भएको पुष्टि गरेका बीबीसी समाचारमा उल्लेख छ। बालकनीबाट खसेर उनको मृत्यु भएको हो।

घटनालगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेको थियो। उनको मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्नेबारे अनुसन्धान भइरहेको छ। घटनाका बेलामा मलाइका अरोरा पुणेमा थिइन्। अनिल अरोराका पिता सेवानिवृत्त आर्मी अफिसर हुन्।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर