Aamsanchar

‘कालीगण्डकी प्रज्ञा प्रतिष्ठान’काे अध्यक्षमा पाण्डे

Author Image
बिहिवार, भदौ २७, २०८१

पाल्पा – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ‘कालीगण्डकी प्रज्ञा प्रतिष्ठान’ स्थापना गरेको छ। यहाँको भाषा, कला, साहित्य, संस्कृति, परम्पराको संरक्षण संवद्र्धन गर्न प्रतिष्ठानले काम गर्ने छ। गाउँपालिकाले ऐन निर्माण गरेर प्रतिष्ठान स्थापना गरेको हो।

प्रतिष्ठानको अध्यक्षमा पशुपति पाण्डे छनोट भएका छन्। प्रज्ञा कार्यसमिति सदस्यमा रामप्रसाद पाण्डे, सोविलाल चौतारे, सुजन भट्टराई, ढालप्रसाद पाण्डे, देवका न्यौपाने छनोट भएका छन्।

यसैगरी परिषद् सदस्य मोतिराम भण्डारी, भीम राना, भविश्वर पाण्डे, तोलाकान्त विक, मनमाया दर्लामी र सुमन ढकाल छनोट भएका छन्। सिफारिस समितिले विभिन्न प्रक्रिया अवलम्बन गरी नामावली पेस गरेको थियो। गाउँकार्यपालिका बैठकले निर्णय गरेर पूर्णता दिएको गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले बताए।

प्रतिष्ठानले यहाँको भाषा, साहित्य, कला, संस्कृति, ज्ञान, विज्ञान तथा प्रविधिको सिर्जना संरक्षण, संवद्र्धन संकलन र श्री वृद्धिका लागि काम गर्ने थापाले बताए।

कुनै भेदभाव, लोभ लालच तथा मोलाहिजा नगरी, कसैको प्रभावमा नपरी कालीगण्डकी र जनताको हितमा काम गर्न उनले भनेका छन्।

प्रतिष्ठान सञ्चालनका लागि ऐन बनिसकेको छ। नियमावली बनाउने काम प्रतिष्ठानले गर्नेछ। यस संस्थाको महत्व बढाउने काम कार्यसमितिको हो। संस्था जन्माउने भन्दापनि चलायमान राख्ने महत्वपूर्ण कुरा हो। हुर्काउने बढाउने काम कार्यसमतिको भएको उनले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर