Aamsanchar

दक्षिणकाली नगरमा उत्पादन गरिएको तरकारी कतार निर्यात गर्न शुरु

Author Image
बिहिवार, भदौ २७, २०८१

काठमाडौँ – नेपालमा उत्पादन गरिएको तरकारी आज कतारमा निर्यात गर्न शुरु भएको छ।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब २ हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए।

उनले भने, “त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ।”

यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रसाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुशीको कुरा भएको बताए।

ग्रामीण विकासका लागि चाइना फाउन्डेशनको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारी खेती गरिएको थियो।

त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेशनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो।

कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवर्द्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश भएका जनाइएको छ।

आज कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी ९अकबरे०, फ्ल्याट बीन्स र करेलालगायत रहेका छन्।

दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मनपर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताए।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट ९सीएफआरडी० नेपालको कार्यालय चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपंक्तिमा रहेको छ।

नेपाली समुदायभित्र जीवनस्तर उकास्ने मुख्य लक्ष्यका साथ सीएफआरडीले शुरुमा प्लम्बिङ र इलेक्ट्रिशियनको व्यावसायिक तालिममार्फत सीप विकासमा ध्यान केन्द्रित गरेको जनाइएको थियो।

यसैगरी सन् २०२३ मा उक्त फाउन्डेशनले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकास प्रवर्द्धन गर्न सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर