Aamsanchar

मोरङमा करेन्ट लाग्दा दम्पतीको मृत्यु

Author Image
बिहिवार, भदौ २७, २०८१

मोरङ । मोरङको बुढीगङ्गा गाउँपालिका९५ मा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ वर्षीया कुमा देवी मण्डल रहेका छन ।

भदौ २६ गते बिहान बुढीगङ्गा ९५ स्थितमा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पतीले खेतमा पानी लगाउन मोटर जडान गरी
ट्युबेल चलाउने क्रममा विद्य्त सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घटनास्थलमा मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)