Aamsanchar

अर्जुनधारामा १२ बजे पछि प्रसाद खाने ९९ प्रतिशत विरामी, १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु फेला 

Author Image
बिहिवार, भदौ २७, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा बिरामी हुनेहरु मध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको अस्पतालका प्रमुख डाक्टर योगेश चेम्जोङले जानकारी दिए ।

यस्तै, थप १५ जना बिरामीको दिसाको कल्चर जाँच गर्न मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डाक्टर चेम्जोङको भनाई छ । उनका अनुसार इन्टामिवा हिस्टोलाइटिका नामक कीटाणु काँचो कचिलो खानेकुरा र पानीको कारण देखापर्ने गरेको छ ।

बिरामीहरू अर्जुनधारा ९ स्थित रिता निरौलाको घरमा पूजाको प्रसाद खाएपछि बिरामी भएका थिए । दिउँसो १२ बजे खानेहरूलाई खासै समस्या नभएको र २ बजेपछि प्रसाद खानेहरू ९९ प्रतिशत बिरामी भएको बताइएको छ । पूजामा प्रसाद खाएकै कारण बिरामी पर्नेहरू आज ७३ जना शनिश्चरे अस्पतालमा भर्ना गरिएको थियो । त्यसमध्ये ३८ जनालाई मेची प्रादेशिक अस्पताल रेफर गरिएको छ । उपचार पश्चात बुधबार ५१ जना घर फर्किएका थिए । त्यसमध्ये ४८ जना बिहीवार पनि पुनःअस्पताल भर्ना भए ।

बिरामीहरूलाई २४ घण्टासम्म उपचार नगरी फिर्ता पठाउन नमिल्ने अस्पतालले जनाएको छ ।

शनिश्चरे अस्पतालले ५० जनाभन्दा बढि स्वास्थ्यकर्मी परिचालन गरेर बिरामीहरूको उपचार गरिरहेको छ । स्वास्थ्य जनशक्ति अभाव भएपछि सबै वडाबाट बोलाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
3
+1
6
Views: 121

प्रतिक्रिया (०)