Aamsanchar

कोशी सरकारमा कांग्रेस सहभागी, मन्त्रीले लिए शपथ

Author Image
शुक्रवार, भदौ २८, २०८१

झापा – कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी सहभागी भएको छ। प्रदेश महामन्त्री भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका हुन्।

राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी नेता कृष्णप्रसाद सिटौला पक्षका हुन्। यसैगरी सभापति शेरबहादुर देउवा समूहका खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री बनेका छन् । मण्डल ज्ञानेन्द्रबहादुर कार्की निकट हुन्।

भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्। उनी पनि सिटौला पक्षका हुन्।

कांग्रेस शेखर कोइराला पक्षविनै कांग्रेस कांग्रेस सरकारमा सहभागी भएको हो। शेखर पक्षबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने नेताहरूले बताएका छन्।

यसअघि नेकपा एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा , लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानूनमन्त्री भइसकेका छन्। यस्तै सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)